Comments Add Comment

उपनिर्वाचनको समीक्षा गर्न राप्रपाले बोलायो बैठक

फाइल तस्वीर ।

२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत मंसिर १४ गते भएको उपनिर्वाचनको समीक्षा गर्न पुस ४ गते केन्द्रीय कार्यसम्पादन  समितिको बैठक बोलाएको छ ।

उपनिर्वाचनको समीक्षासँगै संगठन सुदृढीकरण लगायतका विषयमा छलफल गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बैठक पुस ४ गते  विहान ९ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment