+
+

गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण खारेज गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १९:१३

२ पुस, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले गोकर्ण रिसोर्टसगँको गरेको सम्झौता नवीकरण खारेज गर्न माग गरेको छ ।

गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिव तीन हजार रोपनी जग्गाको पुरानो सम्झौता अवधि झण्डै ६ वर्ष बाँकी रहेको अवस्थामा अपारदर्शी ढङ्गबाट हतार हतारमा पुरानै यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि लिजमा दिएको भन्दै ट्रान्सपरेन्सीले विरोध जनाएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने सरकारको दाबीलाई यो निर्णयले निरर्थक बनाएको अध्यक्ष खेमराज रेग्मीले विज्ञप्तिमार्फत जनाएका छन् ।

सार्वजिनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ प्रतिस्पर्धा विना नेपाल ट्रष्ट स्थापना गर्दाको मूल मर्म विपरीत ब्यापारिक प्रतिष्ठानसँग गुपचुपमा सम्झौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गरिएको ट्रान्सपरेन्सी नेपालले उल्लेख गरेको छ ।

यसलाई कुनै पनि तर्कका आधारमा असल नियतले गरिएको भन्न नसकिने विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?