+
+
Shares

दुई डीआईजीको सरुवा, मेट्रोमा पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १९:१५

२ पुस, काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुखको काज सरुवा गरेको छ ।

एक वर्षे कार्यकाल पूरा भएपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीको सरुवा भएको हो । उनको ठाउँमा हालका प्रहरी प्रवक्ता विश्वराज पोखरेललाई खटाइएको छ ।

बुधबारको गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गर्ने निर्णय भएको हो । क्षेत्रीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

उनले यसअघि पनि प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र केही प्रदेश प्रहरी प्रमुखको सरुवा गर्ने तयारी गरिएको थियो । तर, गृहले दुई जना डीआईजीको मात्र सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?