+
+

गोलरहित बराबरीमा सकियो एल क्लासिको, १७ वर्षपछि पहिलो बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ३ गते ८:५४

३ पुस, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत उपाधि होडमा निर्णायक मानिएको सिजनको पहिलो एल क्लासिको बराबरीमा सकिएको छ । बार्सिलोना र रियल मड्रिडबीच भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन् । ७१ औं मिनेटमा रियलका गारेथ बेलले गोल गरे पनि अफसाइड घोषित भएको थियो ।

सन् २००२ यता एल क्लासिकोमा गोल हुन नसकेको यो पहिलो खेल हो ।

ला लिगामा एल क्लासिको खेल बराबरीमा सकिएको यो ३५ औं पटक हो । ला लिगामा कूल १७९ एल क्लासिको खेल हुँदा दुवै क्लबले समान ७२ जित हात पारेका छन् ।

बराबरीपछि अंक तालिकामा बार्सिलोना र रियलले समान एक-एक अंक थपेका छन् । १७ खेलबाट दुवै टोलीको समान ३६ अंक छ । तर गोल अन्तरमा अगाडि रहँदै बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?