Comments Add Comment

प्रधानमन्त्रीलाई देउवाको आग्रह : संवैधानिक परिषदबारे विवादास्पद विधेयक नल्याउनुस्

३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा नेता रमेश लेखकलाई लिएर बिहीबार विहान बालुवाटार पुगेका थिए । भेटमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सुरुमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

त्यसपछि उनले संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक नल्याउन आग्रह गरेका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं,’ लेखकले अनलाइनखबरसँग भने, ‘पार्टी सभापतिले विवादास्पद अध्यादेश वा कुनै पनि विधेयक नल्याउनु होला भन्नु भएको छ ।’

सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment