Comments Add Comment

ए डिभिजन लिगमा आजदेखि दोस्रो चरणका खेल, च्यासल र मछिन्द्रको लक्ष्य अपराजित

४ पुस, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि दोस्रो चरणका खेलहरु सुरु हुँदैछन् ।

पहिलो चरणमा जित हात पारेका च्यासल युथ क्लब र मछिन्द्र क्लब अपराजित यात्रालाई निरन्तरता दिने योजनामा रहनेछन् ।

दोस्रो चरणको पहिलो खेलमा यिनै दुई टोली च्यासल र मछिन्द्र दिउँसो १२ बजे एन्फा कम्प्लेक्स मैदानमा आमने–सामने हुनेछन् । मछिन्द्रले उद्घाटन खेलमा सोही मैदानमा ब्रिगेड ब्वांइजलाई २–० ले पराजित गरेको थियो ।

च्यासलले भने साविक उपविजेता संकटा क्लबलाई दशरथ रंगशालमा भएको खेलमा २–० ले नै पराजित गरेको थियो । पहिलो खेलमा ३ अंक जोडे पनि गत सिजनको एक अंक ऋण तिरेको मछिन्द्र अब स्पष्ट ३ अंक जोड्न चाहन्छ । मछिन्द्र र च्यासलका प्रशिक्षकले आफूहरुको लक्ष्य लिग च्याम्पियन नै बन्ने रहेको बताएका थिए । त्यसैले दुवै टिमका लागि आजको खेल महत्त्वपूर्ण छ ।

उद्घाटन खेल हारेको ब्रिगेडले आजै दिउँसो ३ बजे दशरथ रंगशालमा फ्रेण्ड्सँग खेल्दैछ । फ्रेण्ड्स पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको थियो । ब्रिगेड र फ्रेण्ड्स दुवै जारी लिगमा पहिलो जितको खोजीमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment