
४ पुस, काठमाडौं । विद्यालयको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाजी एनातुल्लाह सामुदायिक उच्च माविका अध्यक्ष जमालुद्धिन खाँसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विज्ञान सामग्री खरिदमा रकम हिनामिना गरेको आरोपमा अध्यक्ष जमालुद्धिन खाँ, विज्ञान शिक्षक तथा हालका प्रधानाध्यापक महमुद आलम खाँ तथा पूर्वप्रधानाध्यापक श्रीकान्त दुवेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
शिक्षा कार्यालयबाट विज्ञान सामग्री खरिदका लागि आएको ६ लाख ५० हजार रुपैयाँ मध्ये २ द्दलाख ८२ हजार ३ सय ८४ रुपैयाँको सामान विद्याललयमा नभएको, निकासा रकममध्ये ५ लाख १० हजार विज्ञान सामग्रीको रकम भुक्तानी भएको तर १ लाख ४० हजारको हिसाब नदेखिएको अख्तियारले जनाएको छ ।
यसै आधारमा ४ लाख २२ हजार ३ सय ८४ रुपैयाँको सरकारी रकम हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया 4