Comments Add Comment

चितवन राइनोजको लगातार तेस्रो जित, आरिफ फेरि चम्किए

४ पुस, पोखरा । पोखरामा प्रिमियर लिगमा चितवन राइनोजले लगातार तेस्रो जित हात पारेको छ । एक्सपोर्ट धनगढीमाथि ५१ रनको सहज जित निकाल्दै चितवन अंक तालिकाको शीर्षस्थानमा कायम रह्यो ।

बलियो ब्याटिङ पङ्ति रहेको चितवनले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । फेरि एकपटक चितवनका ब्याट्सम्यानहरुले उत्कृष्ट ब्याटिङ गर्दै ५ विकेट क्षतिमा १ सय ८१ रनको विशाल स्कोर खडा गरे । रोहन मुस्ताफालाई सस्तैमा गुमाए पनि कप्तान पारस खड्का र हङकङका ब्याट्सम्यान बबर हायातले आक्रामक पार्टनरसीप गरे ।

पारस १५ बलमा १ छक्का र दुई चौका सहित २३ रन बनाएर आउट भए । बबरले २८ बलमा २ छक्का र तीन चौका सहित ३६ रन बनाएर पभेलियन फर्किए । त्यसपछि चितवनले लगातार विकेट गुमाउँदा ५ विकेटमा एक सय ९ रनको स्थितिमा पुगेको थियो । त्यहाँबाट टिमलाई मजबुत स्कोरतर्फ अघि बढाउने काम आरिफ सेख र सन्नी पटेलले गरे ।

छैटौं नम्बरमा आएका आरिफले फेरि एकपटक विष्फोटक इनिङ खेलेका छन् । उनले २० बलमा ४ छक्का र २ चौकासहित अविजित ४७ रन बनाए । यसैगरी सन्नीलले १७ बलमा ३ छक्का र १ चौकासहित ३२ रन बनाए । यी दुई ब्याट्म्यानबीच छैटौं विकेटका लागि ३० बलमा ७० रनको आक्रामक साझेदारी भएको थियो ।

धनगढीका लागि अनिल खरेलले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभरमा १८ रन मात्रै खर्चेर दुई विकेट लिए । अन्य बलरहरुले प्रभाव देखाउन सकेनन् ।

एक सय ८२ रनको विशाल स्कोर पछ्याउने क्रममा धनगढी सुरुबाटै धर्मरायो । कुनै रन नजोडी दुई विकेट गुमाएपछि धनगढी तत्काल ब्याकफुटमा आयो । इनिङको पहिलो र दोस्रो बलमा सुबेन्दु पाण्डे र श्रीमन्था विजयरत्ने आउट भएका थिए । सुबेन्दु रनआउट भए भने विजयरत्नेलाई करण केसीले पेभिलियन फर्काए ।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ४० बलमा सर्वाधि ४९ रन बनाए । उनले दुई छक्का र चार चौका प्रहार गरका थिए । तर ब्याटिङका क्रममा धनगढी कुनै पनि बेला लक्ष्य पछ्याउने जोशमा देखिएन ।

चितवनका लागि भुवन कार्कीले ३ विकेट लिए भने करण केसी र सन्नी पटेलले २-२ विकेट बाँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment