Comments Add Comment

पीपीएलमा काठमाडौंको दोस्रो जित

५ पुस, पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ । सुरुवाती दुई खेल गुमाएको काठमाडौं लगातार दुई जितसँगै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।

शनिबार भएको खेलमा काठमाडौंले बिराटनगर टाइटन्सलाई ३६ रनले हराएको हो ।

१६० रनको लक्ष्य पछ्याएको बिराटनगरले अन्तिम दुई बल खेल्नु अघि सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात भने निकै खराब रुहृयो । मात्र ४१ रन जोड्दा ६ विकेट गुमाइसकेका थियो । तर पुनित मेहरा र नोमन खानले सातौं विकेटका लागि ७७ रनको महत्वपूर्ण साझेदारी गरे ।

आक्रमक सर्टहरु खेलेका मेहराले अर्धशतक बनाए । तर १९ औं ओभरको दोस्रो बलमा एलबीडब्लू धरापमा परे, खेल काठमाडौंको पक्षमा गयो ।

३१ बलको सामना गरेका मेहराले तीन चौका र तीन छक्काको मदतमा ५३ रन बनाए ।

खानले २५ रन बनाए । कप्तान प्रदीप ऐरीले २९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् ।

काठमाडौंका सुवोध भाटीले ३ विकेट लिए भने अमर रौतेला र बसन्त रेग्मीको नाममा २-२ विकेट रहृयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पनि पहिला विकेट गुमाउँदा खाता नै खोलेको थिएन । तर कप्तान ज्ञानेन्द्र मल्ल र जयकिशन कोल्साबालाले पारी सम्हाले ।

दुबैले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । कोल्साबाला ५५ र मल्ल ४५ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment