काठमाडौं । प्रिमियर लिग क्लब इभर्टनले कार्लो एन्सेलोटीलाई प्रशिक्षक नियुक्त गरेको छ ।
उनले क्लबसँग साढे ४ वर्षको सम्झौता गरेका छन् । उनलाई अघिल्लो महिना मात्र इटालियन क्लब नापोलीले बर्खास्त गरेको थियो । अब उनले मार्को सिल्भाको स्थान लिनेछन्, जसलाई इभर्टनले ६ डिसेम्बरमा बर्खास्त गरेको थियो ।
तीन पटक च्याम्पियन्स लिग जितिसकेका एन्सेलोटी साढे ८ वर्षपछि प्रिमियर लिग फर्किएका हुन् ।
उनी जुन २००९ देखि २०११ मेसम्म चेल्सीमा थिए । त्यसपछि पेरिस सेन्ट जर्मेन, रियल मडि्रड, बार्यज म्युनिख हुँदै नापोली पुगेका थिए । अब फेरि प्रिमियर लिग फर्किएका छन् ।
प्रतिक्रिया 4