Comments Add Comment

अबिद अली र शान मसुदको कीर्तिमानै कीर्तिमान

काठमाडौं । पाकिस्तानका ओपनिङ ब्याट्सम्यान अबिद अली कराँची टेष्टमा दोहोरो शतक बनाउन चुकेका छन् । श्रीलंकाविरुद्धको दोस्रो टेष्टको दोस्रो पारीमा उनी १७४ रनमा आउट भए । तर शान मसुदसँग उत्कृष्ट साझेदारी गरेका छन् ।

मसुद १३५ रनमा आउट भए । यससँगै दुबैले टेष्ट क्रिकेटमा केही रेकर्डहरु पुनर्लेखन गरेका छन् ।

२७८- अबिद अली र शान मसुदले पाकिस्तानको टेष्ट इतिहासमा दोस्रो ठूलो साझेदारी गरेका छन् ।

यसअघि २९८ रनको साझेदारी आमेर सोहिल र एजाज अहमेदले १९९७ मा वेष्ट इण्डिजविरुद्ध कराँचीमा नै गरेका थिए । रोचक त के भने पाकिस्तानको उत्कृष्ट तीन साझेदारी कराँचीको राष्ट्रिय रंगशालामा नै बनेको छ ।

२- यो कुनै पनि टिमविरुद्ध तेस्रो इनिङमा ओपनिङ जोडीले बनाएको दोस्रो ठूलो साझेदारी गरे । यसअघि २०१५ मा पाकिस्तानीविरुद्ध इमरुल कायेस र तमिम इकबालले ३१२ रनको साझेदारी गरेका थिए ।

०- श्रीलंकाविरुद्ध कुनै पनि टिमले गरेको सबैभन्दा ठूलो साझेदारी हो २७८ रन । यसअघि अष्ट्रेलियाका म्याथु हेडन र जस्टिन लन्गरले २००४ मा २५५ रनको साझेदारी गरेका थिए ।

३- यो पाकिस्तान ओपनरद्धयले एउटै टेष्ट इनिङमा शतक बनाएको तेस्रो पटक हो ।

९- अबिद टेष्ट करियरको दुबै खेलमा शतक बनाउने बनौं ब्याट्सम्यान बनेका छन् । यसअघि यस्तो रेकर्ड कुनै पनि पाकिस्तानी ब्याट्सम्यानले बनाएका थिएनन् ।
क्रिकइन्फोको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment