+
+

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १८:०३

६ पुस, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई काठमाडौंबाट आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको साविक सेर्तुङ गाविस वडा नम्बर-५ घर भई हाल काठमाडौंको तारकेश्वर-६ बस्ने ४५ वर्षीय चल बहादुर घले रहेका छन् ।

वैदेशिक रोजगारी ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको ०६९ साल पुस २४ गतेको फैसलाले घलेलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरीवाना सुनाएको थियो ।

घलेलाई नेपालटारबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत मार्फत सुन्धारा कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

घलेले ०६८ साल जेष्ठ १३ गते वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडित पक्षसँग ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन अवस्थामा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?