+
+
Shares

१८ वर्ष पुरानो विन्डोज एक्स्पी चलाउँछन् भ्लादमिर पुटिन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते ८:२६

भलै अमेरिकी चुनावमा ह्याकिङ्ग गरेको आरोप रूसमाथि लाग्ने गरेको छ । तर रूसका राष्ट्रपति भ्लादमिर पुटिनचाहिँ साइबर सुरक्षाको मामिलामा निकै पछि रहेको खुलासा भएको छ ।

पुटिनले क्रेम्लिनस्थित आफ्नो कार्यालयमा रहेको पर्सनल कम्प्युटरमा अहिले पनि १८ वर्ष पुरानो अपरेटिङ्ग सिस्टम विन्डोज एक्स्पीको प्रयोग गरिरहेका छन् ।

रूसको न्युजसाइट ओपन मेडियाले यस्तो दाबी गरेको हो । रूसी राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको एक तस्वीरको आधारमा यस्तो दाबी गरिएको हो ।

के हो त्यो तस्वीर ?

यस तस्वीरमा पुटिन आफ्नो कुर्सीमा बसिरहेका छन् । टेबुलमा उनको कम्प्युटर राखिएको छ जसमा राष्ट्रपति कार्यालयको तस्वीर स्क्रिनको पृष्ठभूमिमा रहेको छ ।

उक्त तस्वीरको जाँचका लागि ओपन मिडियाले रूसको स्वतन्त्र इन्टरनेट सुरक्षा सोसाइटीका प्रमुख मिखाइल कलिमारेभसँग कुरा गरे । मिखाइलले समेत पुटिनको उक्त कम्प्युटर प्रणालीमा विन्डोज एक्स्पी प्रयोग भएको पुष्टि गरेका छन् । स्मरणरहोस् माइक्रोसफ्टले सन् २००१ मा विन्डोज एक्स्पी लञ्च गरेको थियो । सन् २०१४ देखि त विन्डोज एक्स्पीमा सेक्योरिटी अपडेट दिनसमेत बन्द गरिएको छ ।

असुरक्षित अपरेटिङ सिस्टम किन प्रयोग गर्दछन् ?

माइक्रोसफ्टका अनुसार सेक्योरिटी अपडेट नदिइने यस्तो विन्डोज एक्स्पी अपरेटिङ सिस्टममा पछिल्ला अपरेटिङ सिस्टमको तुलनामा भाइरस तथा ह्याकिङको खतरा बढी हुन्छ । साइबर सुरक्षाको मामिलामा यतिधेरै जोखिम हुँदा पनि आखिर पुटिनले किन यसको प्रयोग गरिरहेका छन् त ?

वास्तवमा यसको एउटा खास कारण छ । किनकि विन्डोज एक्स्पीपछि माइक्रोसफ्टले ल्याएका कुनैपनि अपरेटिङ सिस्टमले सेक्रेट डिफेन्स सर्टिफिकेसन प्राप्त गर्न सकेका छैनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?