+

ए डिभिजन लिग : पुलिसमाथि थ्रीस्टारको जित

२०७६ पुष  ७ गते १७:२१ २०७६ पुष ७ गते १७:२१
ए डिभिजन लिग : पुलिसमाथि थ्रीस्टारको जित

७ पुस, काठमाडौं । सुशील राईकाे एक मात्र गाेल मद्दतमा ललितपुरकाे थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलाे जित हात पारेकाे छ ।

सोमबार दशरथ रंगशालामा भएकाे खेलमा थ्री स्टारले नेपाल पुलिसलाई १-० ले पराजित गरेकाे हाे ।

पहिलाे हाफमा थ्री स्टार पुलिसले गाेलरहित बराबरी खेलेका थिए ।

८४ औं मिनेटमा सुशन श्रेष्ठकाे पासमा सुशील राईले गाेल गर्दै पाटनको क्लब थ्रीस्टारलाई अग्रता दिलाए । त्यसपछि गाेल हुन सकेन र थ्री स्टार विजयी भयाे ।
जितपछि थ्री स्टारले दुई खेलबाट ४ अंक जाेडेकाे छ । पुलिसकाे १ अंक मात्र छ ।

थ्रीस्टारले पहिलाे खेलमा जाउलाखेल युथ क्लबसंग गाेलरहित बराबरी खेलेकाे थियाे ।

उता पहिलाे खेलमा हिमालयन शेर्पासंग गाेलरहित बराबरी खेलेकाे पुलिसकाे याे पहिलाे हार हाे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय