+
+

ठोरी गाउँपालिकाको डोजर र चालक नेपाली सेनाको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते १९:२६

७ पुस, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाको स्वामित्वमा रहेको डोजर चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले सोमबार नियन्त्रणमा लिएको छ ।

वडा नम्बर २ मा सडक स्तरोन्नतिका लागि ठुटेखोलाबाट ग्राभेल लोड गर्दै गरेको अवस्थामा नेपाली सेनाको इच्छानगर पोष्टमा कार्यरत नेपाली सेनाले डोजरसहित चालकलाई नियन्त्रणमा लिएको वडा सदस्य श्यामहरि शर्माले जानकारी दिए ।

माथिको आदेश भन्दै सेनाले सडक स्तरोन्नतिका लागि प्रयोग भइरहेको डोजर र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । गाउँपालिकाको डोजर र चालकलाई नियन्त्रणमा लिएर इच्छानगर पोस्टमा राखेको उनले बताए ।

‘वडा-२ मा करिब २/३ दिन अघिदेखि गाउँपालिकाले सडक स्तरोन्नतिको काम गर्दै आइरहेको छ, ‘गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले भने, ‘स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरेर नै जनताको सुविधाका लागि बाटोघाटो बनाइरहेको समयमा सेनाले हस्तक्षेप गर्नु दु:खद् छ । डोजरसहित चालक नियन्त्रणबारे चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझ्ने प्रयास भइरहेको छ ।’

चितवन राष्ट्रिय निकुञ्जले भने स्थानीय तहले प्रक्रिया नपुर्याइ नदीजन्य पदार्थ उत्खनन् गरिरहेको भन्ने प्रारम्भिक सूचनाको आधारमा डोजर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । यसबारे थप जानकारी लिनका लागि रेन्जरसहितको टोली भोलि ठोरी जाने कसराले जनाएको छ ।

गाउँपालिकाले प्रत्येक वर्ष आफ्नै स्वामित्वमा रहेको डोजरसहितको गाडी प्रयोग गरेर सडकको स्तरोन्नति गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?