Comments Add Comment

पर्यटन वर्ष २०२० को नारा बोकेको टोली हेटौंडामा

७ पुस, हेटौंडा । सरकारले घोषणा गरेको पर्यटन वर्ष – २०२० लाई सफल पारौं भन्दै पैदल यात्रामा निस्किएको टोली सोमबार हेटौंडा आइपुगेको छ ।

मुलुकको समृद्धिको लागि पर्यटन वर्ष महत्वपूर्ण रहेको भन्दै कञ्चनपुरको डड्डा चौकीबाट यात्रा थालेको दुई सदस्य टोली राजमार्गमा पर्ने ठूला शहरको यात्रा गर्दै हेटौंडा आइपुगेको हो ।

सरकारको महाअभियानलाई सफल बनाउन नागरिकको जिम्मेवारी भएकाले मंसिर २० गतेबाट महाकाली–मेची यात्रा थालेको टोलीका सुरेश उप्रेतीले बताए ।

उनले दमक–पाथिभराको पैदल यात्रा ३ पटक गरीसकेको उप्रेतीले पर्यटकको आगमनले सबै क्षेत्रको विकासमा महत्पूर्ण भूमिका खेल्ने बताए । यात्राका क्रममा ठूला जंगलहरुमा डर रहेपनि अन्यत्र कुनै समस्या नभएको जानकारी दिए ।

‘नेपाल भ्रमण वर्ष २०२० सफल पारौं ’ भन्ने सरकारी नारा बोकेको टिसर्ट लगाएर हिँडेका उनीहरुलाई हेटौंडामा साहित्यीक क्षेत्रमा कृयाशिल रहेका साहित्यकारहरुको टोली र होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश ३ का उपाध्यक्ष निप्पु सर्राफले स्वागत गरेका थिए ।

महाकालीका मेयर सुरेन्द्रसिंह विष्टले बिदाई गरेपछि पहिलो पटक हेटौंडामा आतिथ्यता पाएको उप्रेतीले बताए । हामी आफ्नै खर्चमा यात्रामा निस्किएका हौं, सरकारलाई सहयोग गरौं भन्ने उद्देश्य हो टोलीका सदस्य खगेन्द्र कृष्ण निरौंलाले बताए । उनले भने ‘हतारमा पर्यटन वर्षको घोषणा गरेको भन्दै आलोचना भएको समयमा सहयोगका लागि यात्रामा हिडेका हौ ।’

दुई सदस्य टोली सोमबार हेटौंडाको सूर्यान्स होटलमा रहने र भोलि पुर्वी नेपालको यात्रामा निस्कने बताइएको छ ।  उप्रेती यातायात व्यवसायी हुन् भने निरौला विद्यार्थी हुन् । पुस अन्तिमसम्म मेची पुग्ने लक्ष्य रहेको निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment