+
+

गोरखामा जीप दुर्घटना हुँदा पाँच जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १२:३१

८ पुस, गोरखा । पालुङटार नगरपालिका–६ बुढीचौरमा मंगलबार जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । बुढीचौरबाट काठमाडौं जादै गरेको ग १ ज ७४९४ नम्बरको जीप ओरालोमा चिप्लिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

घाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु र रमेश थारु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये रोकाको अवस्था गम्भीर रहेको ट्राफिक हवल्दार चुनबहादुर चिडीले बताए । जीप र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?