 
																			चलचित्र ‘चपली हाइट ३’को छायांकन सकिएको यसको निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई करिब ३२ दिन लगाएर खिचिएको छ । निर्माता अर्जुन कुमारले सबै प्राविधिक र कलाकारको साथले चलचित्रको छायांकन समयमै सकिएको बताए ।
चलचित्र ‘चपली हाइट ३’लाई काठमाण्डौ र यसको आसपासको क्षेत्रमा खिचिएको छ । सस्पेन्स थ्रीलर कथामा यो चलचित्रको निर्माण गरिएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको प्रदर्शन मिति चैत्र २८ गतेलाई तोकिएको छ । निर्माता कुमारले, चलचित्रको प्रचारसँगै पोष्ट प्रोडक्शन काम पनि अगाडि बढाउने बताए । चलचित्रको अघिल्ला २ सिरिजले दर्शकको राम्रो साथ पाएका थिए । यसैले पनि तेश्रो सिरिजले पनि दर्शकलाई बाँधेर राख्ने निर्देशक खड्काको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4