+
+
Shares

नक्कली बेरिङ बिक्रीको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १३:५८

८ पुस, काठमाडौं । वीरगञ्जबाट प्रहरीले नक्कली बेरिङ बिक्री वितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-८ घण्टाघर स्थित श्री श्याम मेसिनरी टुल्स नाम गरेको पसलका सञ्चालक वीरगञ्ज-२ छप्कैया बस्ने छविकान्त सरावगी पक्राउ परेका हुन् ।

भारतमा निर्मित एसकेएफ कम्पनी नाम गरेको बेरिङ भन्दै सोही नाम गरेको नक्कली बेरिङ बिक्री गरेको सूचनाको आधारमा सोमबार उनले सञ्चालन गरेको पसलमा छापामारी गरी विभिन्न साइजका ३०५८ थान बेरिङ बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका बेरिङको मूल्य करिब २७ लाख रुपैयाँ बराबरको रहेको र सरावगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?