Comments Add Comment

भारतीय राजदूत पुरीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग विदाई भेट

Photo Credit : RSS

८ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले विदाई भेटघाट गरेका छन् । पुरीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शीतल निवास र प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार छुट्टा छुट्टै विदाई भेटघाट गरेका हुन् ।

राष्ट्रपति भण्डारी सँगको विदाई भेटमा नेपाल र भारतबीच रही आएको आपसी सम्बन्ध, हित र चासोको बारेमा कुराकानी भएको थियो राष्ट्रपति कार्यालयले जनाएको छ ।

विदाई भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment