+
+
Shares

प्रदेशको नाम र राजधानीमा सहमति भइसकेको छ : मुख्यमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते २०:१४

८ पुस, हेटौंडा । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमति भइसकेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको नेतृत्वको टोलीलाई स्वागत गर्दै उनले प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको बताएका हुन् ।

प्रदेश ३ को राजधानी र नामाकरणको बिषयमा गण्डकी प्रदेशले राखेको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले राजधानीको बिषयमा सहमति भैसकेको दाबी गर्दै अब बस्ने प्रदेशसभाको पहिलो एजेण्डा राजधानीको नामाकरण र स्थान हुने बताए ।

बहुमत भएकै आधारमा हचुवाको भरमा राजधानी टुंगो लगाउन नहुने भन्दै उनले सबैको सहमतिमा टुंगो लगाउँदा दिदो हुने बताए ।

प्रदेश ३ ले राजधानीको विषयमा समिति बनाएर अध्ययन गरिसकेको छ भने राजधानी टुंगो लगाउने कार्यविधि पनि संसदबाट पारित गराइसकेको छ । बजेट अधिवेशनमा राजधानीको टुंगो लगाउन दबाब रहे पनि प्रदेश सरकारले हिँउदे अधिवेशनबाट टुंगो लगाउने तयारी गरेको हो ।

मुख्यमन्त्री पौडेलले संघीयताको कार्यान्वयनको क्रममा कर्मचारीको अभाव भएको र आवश्यकता अनुसार ऐन कानुन उपलब्ध नहुँदा केही कठिन भए पनि विस्तारै सहज हुँदै गइरहेको दाबीसमेत गरे ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसहितको टोलीलाई मुख्यमन्त्री पौडेलले प्रदेश ३ सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्री पौडेलले जानकारी गराएका थिए । प्रदेश ३ को कृषि, शिक्षा, स्वास्थ्यलगायतको नीति तथा कार्यक्रमको विषयमा मुख्यमन्त्री पौडेलले जानकारी गएका थिए । गण्डकी प्रदेशले पनि संसदीय अनुभव सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?