Comments Add Comment

मकवानपुरको जंगलमा आगोको मुस्लो

९ पुस, हेटौंडा । मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार विहान आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका १२ र मकवानपुरगढी गाउँपालिकाको सीमाना चापकी भन्ने ठाउँमा जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् ।

आगो लागेको स्थान मानव बस्तीदेखि टाढा भएकाले के जलेको हो भन्नेबारे यकीन भइसकेको छैन । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ठिंगन र चौघडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।

मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश सिंहले प्रहरी घटनास्थलमा पुगेपछि मात्र घटनाबारे थाहा हुने बताए । जंगल क्षेत्रमा डढेलो लागेको हुनसक्ने उनले अनुमान गरे ।

आगोको मुस्लो देखिएपछि कतिपयले विमान दुर्घटना भएकोसम्म अनुमान गरे । त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलरले सबै विमान सम्पर्कमा रहेकाले विमान दुर्घटना नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment