+
+

मुलुक विधिले चलेको छैन : मन्त्री ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते १८:५५

९ पुस, विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मुलुक विधि र प्रक्रियाबाट नचलेको भन्दै सुधार गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

विगतका दिनमा स्वास्थ्य मन्त्रालय समेत थितिभन्दा बाहिर गएर चलेको भन्दै मन्त्री ढकालले अहिले लक्ष्य भेट्टाउनै नसकिएको बताए ।

प्रदेश १ मा स्वास्थ्य जीवन प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै उनले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकोे मन्त्रालयमा भएका सबै खालका बेथितिलाई सुधार गर्न आवश्यक रहेको बताए ।

‘राज्यले लगानी गरेको सँस्थाको दुरुपयोग गरेर निजी अस्पताल मोटाउन षडयन्त्रमुलक ढंगले काम भइरहेको छ,’ मन्त्री ढकालले भने, ‘यसमा सबै सचेत बन्न जरुरी छ ।’

अधिकांश सरकारी अस्पतालमा कार्यरत चिकित्सकको नाम भजाएर निजी क्लिनीकले फाइदा उठाउने गरेको मन्त्री ढकालले बताए । ‘कतिपय निजी अस्पताल मोटाउन राज्यले लगानी गरेको ठूलो सरकारी अस्पतालको मेसिनहरू बिगि्रन्छ,’ उनले भने,’सरकारी अस्पतालमा आएका बिरामी निजीमा लैजाने गरेका छन् ।’

जनताको भविष्यमाथि खेलबाड गरी राज्यले लगानी गरेको अस्पतालको दुरुपयोग भएको मन्त्री ढकालको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानी दोहन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?