Comments Add Comment

महालक्ष्मी नगरपालिकामा अख्तियारको छापा, २ कर्मचारी पक्राउ

९ पुस, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसनधान आयोगले छापा मारी दुई  कर्मचारी पक्राउ गरेको छ ।

बुधबार साँझ छापा मारी २ जना कर्मचारी नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे ।

तर उनीहरुलाई के कसूरमा नियन्त्रणमा लिएको भने उनले खुलाएनन् । ‘हाम्रो टोली गएर छापा मारेको हो, २ जना पक्राउ परेका छन् तर उनीहरुको बारेमा थप जानकारी आउन बाँकी छ’ प्रवक्ता कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment