+
+
Shares

चोरेको वाकीटाकी बोकेर प्रहरी रूप धारण, धम्क्याउँदै हिँडेपछि फन्दामा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते ८:३५

१० पुस, काठमाडौं । ‘प्रहरी हुँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरूको सूचना संकलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार, प्रहरीले खानतलासी गर्न खोजेपछि उनी दुर्व्यवहार गरेर भाग्न खोजेका थिए ।

नक्कली प्रहरी बनेर धम्क्याउँदै आएका उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको छ ।

अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?