+
+

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते ९:२४

१० पुस, काठमाडौं । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको बिहीबार बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठलाई निमोनिया भएको थियो । निमोनियापछि उनलाई उपचारका लागि  बुधबार अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा बिहीबार उनको निधन भएको हो ।

पूर्वसचिव श्रेष्ठ ०४९ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका थिए । निजामती सेवाको दौरानमा उनले विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?