Comments Add Comment

चोरी मुद्दाका अभियुक्त २५ वर्षपछि पक्राउ

१० पुस, काठमाडौैं । लकडी चोरी मुद्दामा फरार भएका एकजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् ।

बाराको कोल्हवी नगरपालिका-३ का गौरी शंकर चौधरीलाई घटना भएको २५ वर्षपछि इलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।

तत्कालीन पुनरावेदन अदालत हेटौंडाको वि.स. २०५० फागुन १९ गतेको फैसलाले चौधरीलाई चोरी मुद्दामा २ महिना कैद र ९२३ रुपैयाँ जरिमाना ठहर गरेको थियो । तर उनी त्यसयता फरार भएका थिए ।

चौधरीलाई प्रहरीले उपस्थित गराएपछि जिल्ला अदालत बारामा सजाय भुक्तानीका लागि कारागार पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment