Comments Add Comment

भलिबललाई विधिवत रुपमा राष्ट्रिय खेलको मान्यता दिन माग

१० पुस, काठमाडौं । सरकारले २०७४ जेठ ८ गते नै भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो ।

त्यसबाट नेपाल भलिबल संघ लगायत सबै भलबिलप्रेमी खुशी बनेका थिए । तर राष्ट्रिय खेल घोषणा गरेको साढे दुई वर्षसम्म पनि भलिबल खेल राष्ट्रिय खेल भनी कतै उल्लेख नभएको नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले बताए ।

‘२०७४ साल जेठ ८ गते प्रचण्ड प्रधानमन्त्री हुँदा भलिबल राष्ट्रिय खेल घोषणा भएको थियो । तर विधानमा अझै यो लेखिएको छैन’ अध्यक्ष शर्माले भने, ‘म सरकारलाई सोध्न चाहन्छु कतै केही जालसाजी त छैन यदि त्यस्तो भएको अवस्थामा हामी सिंहदरबार घेर्छौं ।’

उनले सरकारले चाँडै विधिवत रुपमा भलिबल राष्ट्रिय खेल भएको घोषणा गर्नुपर्ने माग राखे । ‘हामीले निकै मिहिनेत गरेर यहासम्म आएका छौं र ब्रोन्ज (कास्य) मेडल जितेका छौं, सिल्भर (रजत) मेडल जितेका छौं सेन्ट्रल जोनमा गोल्ड मेडल जित्यौं । सबै मिहिनेत छ यसमा’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment