Comments Add Comment

सिद्धार्थ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने

१० पुस, काठमाडौं । विगत १७ वर्ष देखि उच्चस्तरीय सेवा प्रदान गर्दै आएको यस सिद्धार्थ बंैकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ ।

यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्नेछन् ।

ग्राहकहरुले माग गरेको विदेशी मुद्रा, नगद अथवा कार्ड, बंैकका तोकिएका शाखाहरुमध्य आफुलाई सहज हुने शाखाबाट सजिलै संकलन गर्न सक्नेछन् ।

बैंकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment