+
+
Shares

डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते १८:३६

१० पुस, काठमाडौं । सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानल नम्बर १०८ मा पुस ११ गते शुक्रबारदेखि प्रर्दशन हुने भएको छ ।

सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारहरूले अभिनय गरेका छन् ।

चलचित्रले पुराना सिक्वलहरु कबड्डी , कबड्डी कबड्डीको सर्वाधिक लोकपि्रयता संगै यसपटक पनि नेपाली सिनेमा जगत्मा उत्कृष्ट प्रर्दशनी कायम गर्न सफल रहेको छ ।

तिनैवटा सिक्वलमा कलाकार दयाहाङ राईले अभिनयमात्रै गरेनन् , चलचित्रलाई नेपाली सिनेमा प्रेमीहरुको मनमस्तिष्कमा समेत गहिरो प्रभावपार्न सफल भए ।

समयअनुसारको प्रविधिको विकाससंगै विकसित भएको डिशहोमले हलहरुको पहुँच नभएका दर्शकहरुका लागि न्यूनतम शूल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो ।

च्यानल नम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिश होमले प्रदान गरेको छ । हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर एमओडी टाइप गरी(एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यो चलचित्र हेर्न सपरिवारका लागि रु ३ सय २५ रुपैयाँ शूल्क लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?