Comments Add Comment

गाई चराउने मैदान नबनोस् भनेर गोकर्णको म्याद थप्यौं : नेपाल ट्रस्ट

११ पुस, काठमाडौं । नेपाल ट्रस्कोट कार्यालयले गाई चराउने मैदान बन्न नदिन गोकर्ण रिसोर्टको लिज सम्झौताको म्याद थप गरेको स्पष्टीकरण दिएको छ ।

पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेकोमा सरकार विवादमा परेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले सम्झौता थप गर्ने निर्णयको बचाउ गरेको छ ।

समयमा निर्णय नगर्दा गोकर्णमा यति समूहले प्रयोग गरिरहेको २ हजार ७९३ रोपनी जग्गा ‘गाई चराउने मैदान हुनसक्ने’ भएकाले अहिले नै लिज अवधि थप्नु परेको ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीले बताए । उनले भने, ‘५ वर्ष पछाडि समयमा केही भएन भने गल्फ कोर्सले गाई चराउने मैदान हुन्छ नि । यसको जिम्मा कसले लिने ? सुकुम्बासीहरु आए बसे भने के गर्ने ?’

कानून अनुसार निर्णय गरेको भन्दै उनले यो निर्णय गरेमा कुनै पश्चाताप नभएको उनले बताए ।

नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले यति समूहलाई थप २५ वर्ष भाडामा दिने निर्णयले सरकारप्रति निजी क्षेत्रको विश्वास बढेको दाबी गरे । ‘कसको दबाव केही होइन’ उनले भने, ‘यो निर्णयले सरकारले बोलेपछि गर्दोरहेछ, सरकारी जग्गामा पनि लगानी गर्न सकिने रहेछ भन्ने भएको छ ।’

गोकर्णमा सरकार चोखो नाफामा रहेको उनको दाबी छ । ‘सबै थोक उसको छ, हाम्रो त जग्गा बाहेक केही छैन । र त्यो जग्गा पनि खाइसकेको छैन’ उनले भने, ‘बुद्धि उसको, ऋण लिने उसले, ब्याज तिर्ने उसले, हामी चोखो नाफा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment