Comments Add Comment

सन्तोषलाई ‘मिस्टर नेपाल’को उपाधि

यो बर्षको ‘मिस्टर नेपाल’को उपाधि सन्तोष उपाध्यायले जितेका छन् । अन्नपूर्ण होटलमा बिहिबार आयोजना भएको ‘मिष्टर नेपाल २०१९’को फाइनल प्रतिस्पर्धामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् ।

उनले उपाधिसहित मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । एक्सपोज नेपालको आयोजनामा भएको प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप भएका छन् । यस्तै, प्रीन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए ।

कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिलवाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी यो शोको निर्णायक थिए ।

काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरको अडिसनबाट छानिएका २२ प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङ, मेकअप, ड्रेसवेयर लगायत बिभिन्न बिषयको प्रशिक्षण सहित फाइनलमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment