Comments Add Comment

इब्राहिमोभिच फेरि इटाली फर्किए, मिलानको ट्वीट- आईजे इज कमिङ्

१२ पुस, काठमाडौं । स्वीडेनका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा फर्किएका छन् । ३८ वर्षीय ज्लाटन ६ महिनाको सम्झौता गर्दै अर्को सिजनको विकल्प समेत रोज्न सक्ने गरी एसी मिलानमा अनुबन्ध भएका हुन् ।

स्वीडेनको माल्मोबाट क्लब करियर शुरु गरेका ज्लाटनले यसअघि नेदरल्याण्ड्सको अयाक्स, इटलीको मिलानसहित युभेन्टस  र इन्टर मिलान, स्पेनको बार्सिलोना, फ्रान्सको पीएसजी, इंग्ल्याण्डको  म्यानचेस्टर युनाइटेड र अमेरिकन  एलए ग्यालेक्सीबाट खेलिसकेका छन् ।

यस सिजन बाँकी समयमा लागि ज्लाटनसँग  सम्झौता भएपछि मिलानले क्लकमो आधिकारिक ट्वीटर ह्यान्डलबाट ‘आई जे इज कमिङ’ भन्दै ट्वीट गरेका छ ।

ज्लाटन जनवरी २ मा मेडिकल चेकअफका लागि मिलान जानेछन् । ज्लाटनले सम्मानका साथ क्लब फर्किएको बताएका छन् । ‘म धेरै सम्मानका साथ क्लबमा फर्किएको छु । मिलानको शहरलाई म निकै प्रेम गर्छु,’ सम्झौतापछि इभ्राहिमोभिचले भने ।

ज्लाटनले यसअघि सन् २०१० देखि २०१२ सम्म दुई सिजन मिलानमा बिताएका थिए । जहाँ उनले ८५ खेलमा ५६ गोल गरेका थिए ।

यस्तै ज्लाटनले पछिल्लो पटक खेलेको अमेरिकन मेजर सकर लिग क्लब एलए ग्यालेक्सीमा ५६ खेलमा ५२ गोल गरेका थिए ।

यस सिजन मिलानले सिरी ए मा खराब प्रदर्शन गरिरहेको छ । ज्लाटनको आगमनबाट मिलानले केही राहत महसुस गर्न सक्छ । सात पटक युरोपियन च्याम्पियन्स लिग जितेको मिलानले २०११ मा इटालियन ए जितेयता कुनै उपाधि जित्न सकेको छैन । यस सिजन मिलान २१ अंकसहित ११औं स्थानमा छ ।

‘यस सिजनको कोर्स परिवर्तन गर्न म क्लब टिममेट संग मिलेर फाइट गर्नेछु । जसलाई सम्भव बनाउन म जे पनि गर्नेछु,’ ज्लाटनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment