+
+
Shares

स्वदेशमै रोजगारीको लागि ‘अरबान्स् नेपाल’ले ल्यायो एप

दक्ष कामदार अब एउटै ठाउँमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १५:४३

१३ पुस, काठमाडौं । ‘अरबान्स् नेपाल’ ले नेपालमै पहिलो लोकल होम सर्भिस एप लन्च गरेको छ । शुक्रवार काठमाडौंको होटल सोल्टीमा आयोजीत एक  कार्यक्रममा उक्त एप लन्च गरीएको हो ।

विशेष गरी दैनिक जिवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्याहरुलाई मध्यनजर गर्दे यो एप लन्च गरीएको हो । ‘अरबान्स् नेपाल (urbansnepal) ‘ एउटा यस्तो एप हो जसमार्फत उपभोक्ताले आफुलाई चाहिएको दैनिक सेवाको लागी दक्ष कामदार हायर गर्न सक्नेछ, जसले सहुलियत र १५ दिनको ग्यारेन्टिका साथ सेवा सुविधा उपलब्ध गराउनेछ ।

आफुले खोजेको बेला समाधान गर्ने ब्यक्ति नपाउने कारणलाई विशेष महत्व राख्दै अब अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर आँगन अगाडि प्लान लिई अरबान्स् नेपाल बजारमा पाइला चालेको दावी आयोजकले गरेको छ ।

कार्यक्रममा अरबान्स् नेपालका सिईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउछु भन्ने नाराका साथ आफुहरुले यो एप लन्च गरेको जानकारी दिए ।

खानले भने ‘दैनिक १२०० भन्दा बढि युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनु पर्ने अवस्था छ । जसमध्ये ७० भन्दा बढि नेपाली रातो वाकसमा मुत्युकको रुपमा फर्कन्छन् ।’

‘जब हाम्रै देशमा हामीलाई चाहिने सुविधाको माग छ भनेर सिटिभिटि बाट हजारौ दक्ष कामदारहरु दिक्षित भएर निस्कन्छन भने देशमै रोजगारको प्लेटफर्म हामी आफैले बनाउनु पर्दछ ।’ उनले भने ‘किन परिवारको साथ छोडेर अर्काको देशको ४० डिग्रि घाममा आफनो पसिना बगाउने र ज्यान जोखिममा हाल्ने ? ‘

खानले अगाडि भने ‘अरबान नेपाल त्यो प्लेटफर्म बनिसकेको छ । टुटलको जस्तै कमिशन मोडलमा आफु आफ्नै मालिक जस्तै काम गर्ने विकल्प आफै छान्ने सिस्टम बनाइएको छ । जसले गर्दा विचौली तथा दलालहरुले कुनै पनि मौका पाउने छैनन् ।’

उनले अन्तिममा भने ‘सरकारलाई दोष दिन छाडौ, हामी युवाले हाम्रै युवाहरुको लागी सोचौ, कसैको भरमा नबसौं ।’

उक्त कार्यक्रमको पुर्व सन्ध्यामा अरबान्स् नेपालले ‘युथ माइग्रेशन एण्ड इट्स् इम्प्याक्ट इन द इन्टरप्रिनरशिप कल्चर इन नेपाल’ (Youth Migration and it’s Impact in the Entrepreneurship Culture in Nepal)  विषयक प्यानल डिसकसन पनि गरेको थियो । उक्त प्यानल डिसकसनमा चौधरी ग्रुपका एक्जुकिटिभ डाइरेक्टर करुण चौधरी, ल्याटिडो लेदरका सञ्चालक विलाल अहमेद साह, टुटलका को–फाउण्डर सिक्सिड भट्ट सँगै प्रोप्रटि ३६० डिग्रिका सञ्चालक सन्तोष प्रधानले टिप्पणी गर्नु भएको थियो भने क्लियर भिजनकी प्रकृति भट्टराई बस्नेत मोडरेटर बन्नुभएको थियो ।

साथै अरबान्स् नेपालले नेपालमै बसेर केही गर्न खोज्ने युवाहरुलाई लक्षित गरेर ‘नेपालीले नेपालकै लागी गर्छ’ भन्ने नारा लिएको युट्यूवमा क्याम्पेन गर्न लागेको जानकारी पनि उक्त अवसरमा दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?