
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी २८ वर्षीया कमला आउजीलाई सर्पले डसेर मृत्यु भएको छ।
- कमलालाई सुतेका बेला गालामा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए।
- सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
- नगरपालिकाले छाउगोठ भत्काउने अभियान चलाइरहे पनि छाउगोठमा सुत्ने प्रथा अझै जारी छ।
२९ असार, धनगढी । कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्।
कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
डीएसपी बोहराका अनुसार सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो। शनिबार साँझ ८ बजे उनको मृत्यु भएको डीएसपी बोहराले बताए । उनलाई छाउगोठमा सुतेका बेला सर्पले डसेको विषयमा भने आधिकारिक जानकारी नभएको बोहराले बताए।
कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले भने कमलालाई छाउ गोठमा सुतेका बेला सर्पले डसेको पाइएको जानकारी दिए । नगर प्रमुख ओझाले नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताए।
प्रतिक्रिया 4