+
साफ यू-२० महिला च्याम्पियनसिप :

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

२०८२ असार  २९ गते ८:०१ २०८२ असार २९ गते ८:०१
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बंगलादेशसँग साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेल खेल्दै छ।
  • नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने बंगलादेशले श्रीलंकालाई ९-१ ले हराएको थियो।
  • नेपाली प्रशिक्षक यामप्रसाद गुरुङले अघिल्लोपटकको नतिजा बदल्ने बताएका छन्।

२९ असार, काठमाडौं ।  बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ ।

खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो । त्यस्तै बंगलादेशले पनि श्रीलंकामाथि ९-१ को फराकिलो जित निकालेको थियो ।

नेपालले बंगलादेशलाई हराएर अघिल्लो संस्करणको फाइनल हारको समेत बदला लिँदै दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछ । पछिल्लो समय बंगलादेशले सिनियरदेखि उमेर समूहमा उल्लेख्य प्रगति गर्दै आएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले प्रतियोगिताअघि प्रेस मिटमा उपाधिको लक्ष्यसहित मैदान उत्रिने बताएका थिए । गुरुङले दुई वर्षअघि नेपालले बंगलादेशसँग फाइनलमा गुमाएको उपाधि सम्झिँदै यसपटक नतिजा उल्टाउने अवसर रहेको बताए।

प्रतियोगितामा नेपाल र बंगलादेशले समान ३ अंक जोडेपनि गोल अन्तरमा बंगलादेश अघि छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ ।

अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

साफ यू-२० महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय