Comments Add Comment

फ्रेण्ड्सले मनाङलाई बराबरीमा राेक्याे

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब  फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा  फ्रेन्ड्सले मनाङलाई  १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा मनाङले पहिले अग्रता लिएपनि जोगाउन सकेन । दोस्रो हाफमा भारतीय खेलाडीले फ्रेण्ड्सका लागि बराबरी गोल फर्काएका थिए । यो सिजन लगातार ३ खेल जित्दै उत्कृष्ट शुरुवात गरेको मनाङको यो पहिलो बराबरी हो ।

खेलको ११ औं मिनेटमा रन्जन बिष्टले जगजित श्रेष्ठको कर्नरमा हेडमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा फ्रेन्ड्स खेलमा फर्कियो । भारतीय खेलाडी उत्तम राईले ६४ औं मिनेटमा रमेश गर्तौलाको  लङ क्रसमा गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए ।

फ्रेन्ड्ससँग बराबरीमा रोकिएपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट १० अंक जोडेको मनाङले मछिन्द्र क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको  हो ।

समान खेलबाट मछिन्द्रको ९ अंक छ  ।

यसअघि लगातार ३ खेल हारेको फ्रेन्ड्सको भने जारि लिगमा यो पहिलो अंक हो । ४ खेलमा १ अंक जोडेको  फ्रेन्ड्स १३ औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment