+

सन्दीप र करण बने टी-२० मा वर्षकै सर्वाधिक विकेट लिने क्रिकेटर

२०७६ पुष  १४ गते २१:१३ २०७६ पुष १४ गते २१:१३
सन्दीप र करण बने टी-२० मा वर्षकै सर्वाधिक विकेट लिने क्रिकेटर

काठमाडौं । नेपालका लेगलस्पिनर सन्दीप लामिछाने र तीव्र गतिका  करण केसी सन् २०१९ मा टी-२० क्रिकेट मा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।  उनीहरूसँगै नेदरल्यान्डका तीव्र गतिका बलर ब्रान्डम ग्लोभर पनि छन् । तीन खेलाडीले समान २८ विकेट लिएका छन् ।

सन्दीपले १६ खेलमा ५९ ओभर बलिङ गर्दै ३८४ रन खर्चिदै २८ विकेट लिएका छन् ।  डच ब्रान्डम ग्लोभरले १९ खेलमा ६५ ओभर बलिङ गर्दै ४४८ रन खर्चेर २८ विकेट लिएका छन् भने करणले १९ खेलमा ६५ ओभरमा बलिङ गर्दै कुल ४७६ रन खर्चेर २८ विकेट लिएका हुन् ।

आयरल्यान्डका मार्क आदिर र नेदरल्यान्डका पल भान मिकेरेनले २७-२७ विकेट लिएका छन् । २०१९ मा सर्वाधिक विकेट लिने शीर्ष ४० खेलाडीमा टेष्ट राष्ट्रका ६ खेलाडीमात्रै अटाएका छन् ।

अर्का नेपाली खेलाडी अभिनाष बोहरा १७ खेलमा १६ विकेट लिँदै ३५ औं स्थानमा छन् ।

अफ्गानिस्तानका स्पिनर रसिद खान १० खेलमा २० विकेट लिदै १९ औं स्थानमा रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय