Comments Add Comment

जाडोयाममा इन्डोर हिटिङ : छालामा नकारात्मक प्रभाव

जाडो मौसममा हामी तातो रहनका लागि हिटर, एसी अथवा आगोले आफ्नो शरीरलाई तताउने कोसिस गर्छौं । तर, इन्डोर हिटिङले तपाईंंको छालालाई डल बनाउन सक्छ भन्ने बारेमा धेरैलाई जानकारी नहुन सक्छ । केही कुराहरुमा ध्यान दिएको खण्डमा मात्रै छालालाई चम्किलो र सुन्दर बनाउन सहयोग पुग्छ ।

अति नै चिसो समयमा घरको शुष्क हावा र इन्डोर हिटिङका कारण तपाईंंको छाला मृत कोशिकाहरु झन् बढ्न सक्छ । त्यसैले छालाको हेरचाह कसरी गर्ने भन्ने कुरा पनि थाहा हुन आवश्यक छ ।

अति चिसो मौसममा आफूलाई कुनै पनि रोगहरुबाट बचाएर राख्नु एउटा कठिन काम हो । त्यस्तो अवस्थामा हामी आफ्नो शरीरको त विशेष ध्यान राख्न सक्छौं । यद्यपि छाला र केशको ध्यान राख्न गाह्रो हुन्छ । करिब तीन महिनासम्म असाध्यै चिसो हुने यो समयमा अरु समयभन्दा केशमा चाया बढी नै पर्छ भने भने छाला पनि सुख्खा हुन्छ । त्यस्तै, दिनभरी घरमा बसेर पनि थाकेको जस्तो अनुभव हुन्छ अथवा देखिन्छ । यसका साथै घरको शुष्क हावा र इन्डोर हिटिङ जस्तै हिटर र ब्लोअरमा धेरै समय बिताउनाले अनुहार सुस्त र थाकेको जस्तो देखिन्छ । त्यसैले यस्तो अवस्थामा पनि केही त्यस्ता तरिकाहरु छन् । जसको प्रयोग गरेर तपाईंं आफ्नो छालालाई चम्किलो र सुन्दर बनाउन सक्नुहुन्छ ।

मृत कोशिकाहरुलाई सफा गर्नुपर्छ

यदि तपाइर्ंको छाला सुख्खा छ अथवा खस्रो छ भने तपाईंंले त्यसको विशेष रुपमा हेरचाह गर्न आवश्यक छ । प्रदूषणका कारण फोहोर, सामान्य मृत कोशिका बाहेक छालामा जमेको एक पत्रहरुका कारण छाला सुस्त देखिन्छ । प्रदूषणको परिणामस्वरुप हाम्रो छालामा हानिकारक पदार्थहरुबाट बचाउनका लागि समय समयमा यसलाई हटाउनु आवश्यक हुन्छ ।

भिटामिन सी र त्यसको कमी हुन नदिनु

भिटामिन सी छाला चम्किलो बनाउनका लागि महत्वपूर्ण मानिन्छ । किनभने यसले केवल हल्का दागहरुलाई कम गर्ने मात्र होइन । यसले छालालाई सुन्दर र चम्किलो बनाउन सहयोग पुर्‍याउँछ । यसबाहेक छालालाई नरम बनाएर राख्न क्षमतालाई सुधार्न पनि सहयोग पुर्‍याउँछ ।

साथै यसले छाला सुन्निन पनि कम गर्छ । यिनै विभिन्न कारणहरुले विभिन्न स्किन उत्पादनहरुमा भिटामिन-इ समृद्ध संयोजनको उपयोग गरिन्छ । भिटामिन-इ एउटा एमोलिएन्ट हो, जसले छालालाई बलियो बनाउनुको साथै त्यसलाई पोषण पनि प्रदान गर्छ । त्यसैले छाला सुन्दर र चम्किलो बनाउनका लागि भिटामिन सीले महत्वपूर्ण भूमिका खेल्छ ।

खानपान र पर्याप्त निद्रा

नियमित रुपले मदिरा र क्याफिन पिउनाले छाला डिहाइड्रेट हुन्छ र समयसँगै चिनी भएको खाद्य पदार्थले कोलाजेन र इलास्टिनलाई टुक्राउछ । जसले छाला तन्कन थाल्छ । यदि तपाईंं धेरै कफी अथवा केक खानुहुन्छ भने धेरै पानी पनि पिउनु आवश्यक छ । पानीको साथै मौसमी फलफूल र तरकारी पनि सेवन गर्नुपर्छ । यी खाद्य पदार्थहरुले तपाईंको शरीरमा पीएच स्तरलाई सन्तुलित बनाउन सहयोग गर्छ, जसले छालामा चमक बढ्छ । त्यस्तै, कम सुत्नु अथवा अपर्याप्त निन्द्रा, समयमा नसुत्नाले पनि तपाईंंको छालामा असर पर्छ । सुन्दर छालाका लागि आराम पनि अति नै आवश्यक कुरा हो ।

हाइड्रेसनको समय तालिकालाई सेट गर्नुपर्छ

जाडोयाममा सुस्त छालाको प्रमुख र पहिलो कारण हावामा नरमपनाको कमी हुनु हो । यसको अर्थ धेरै चिल्लो कि्रम अथवा तेलले यसलाई कम गर्न सक्दैन । कि्रम अथवा तेल मुख्य रुपले फ्याटले बनेको हुन्छ, जसको अर्थ त्यस्ता कि्रमहरुले छालामा एउटा सुरक्षात्मक बाधा बन्न सहयोग पुर्‍याउँछ र त्यस प्रकार यसको मोटो पत्रले नरमपनलाई रोक्न सहयोग पुग्छ ।

त्यस्तै कहिलेकाहीँ धेरै चिसोमा पनि तपाईंंलाई विभिन्न तरिकाले आफ्नो छालामा नरमपन बढाउने कोसिस गर्न पर्ने हुनसक्छ । यसको अर्थ तपाईंंले आफ्नो छालामा त्यस्ता उत्पादनको प्रयोग बढी गर्नुपर्छ । जसमा पानीको मात्रा धेरै हुन्छ । त्यसपछि नौनी, कि्रम अथवा तेल जस्ता चिल्लो पदार्थको प्रयोग गर्नुपर्छ । त्यस्तै आफ्नो छालामा त्यस्ता उत्पादनहरुको प्रयोग गर्नुपर्छ जसमा ह्यालुरोनिक एसिड हुन्छ र जसले तपाईंंको छालाको नरमपनलाई बढाउन सहयोग गरोस् ।

यसरी तपाईंंले जाडो मौसममा आफ्नो शरीरलाई तातो बनाउन प्रयोग गरिने हिटर, ब्लोअर र एसीबाट आफ्नो छालामा पर्ने नकारात्मक असरबाट बचाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment