+
+
Shares

नयाँ दशकमा भूमीको यस्तो मुड

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १७ गते १२:४०

नायिका भूमी पेन्डेकरका लागि गएको बर्ष बलिउड यात्रा सुखद रह्यो । उनले अभिनय गरेको ‘साँड कि आँख, बाला र पति पत्नी और ओ’ बक्स अफिसमा हिट भए । भूमीले अभिनय गरेका चलचित्रले दर्शकको राम्रो साथ पाउन थालेपछि अहिले बलिउडमा उनको डिमाण्ड पनि उच्च छ ।

हरेक किसिमका भूमिका गर्न सिपालु भूमी कुनै पनि बिषयमा बोल्न पनि माहिर छिन् । उनै, भूमी अहिले नयाँ बर्ष मनाउन भारत बाहिर छिन् ।

सन् २०२० मा भूमीको केही चलचित्र रिलिज हुँदैछन्, जुन बक्स अफिसमा हिट हुने अपेक्षा गरिएको छ । उनै, भूमी नयाँ बर्षको अवसरमा समुन्द्री तटमा रमाएकी छिन् । उनले सामाजिक संजालमा एक तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्–‘नयाँ दशकका लागि मेरो मुड’ ।

भूमी हरियो रंगको विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । भूमीले आफ्नो नयाँ दशकको मुड भनेर हट तस्वीर सार्वजनिक गर्दै गर्दा कतै उनी अब आफ्नो भूमिकालाई पर्दामा पनि हट रुपमा प्रस्तुत गर्ने मुडमा त छैनन् भन्ने अड्कल लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?