
१७ पुस, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रदेश नम्बर २ का संसदीय दलका उपनेता वीरेन्द कनोडियालाई उखु किसानको भूक्तानी गर्न निर्देशन दिएको छ ।
शुक्रवार बसेको केन्द्रीय कार्यसमिति बैकठले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उपनेता कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन् ।
बक्यौता रकम उपलब्ध गराउन माग गर्दै उखु किसान काठमाडौं आइपुगेपछि कांग्रेसले सरकारलाई पनि ध्यानाकर्षण गराउँदै आएको छ ।
चुनवाी तालमेलका लागि अन्य दलसँग पहल गर्ने
राष्ट्रिय सभा सदस्यको रिक्त एक तिहाई पदका लागि हुने निर्वाचनमा कांग्रेसले आवश्यक सहकार्य र तालमेलका लागि विभिन्न राजनीतिक दलसँग पहल गर्ने निर्णय समेत गरेको छ ।
आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने अधिकार भने कांग्रेसले केन्द्रीय पदाधिकारीलाई दिने निर्णय गरेको छ ।
केन्द्रीय पदाधिकारीको बैठकले आवश्यक छलफल गरी उम्मेदवारको टुंगो लगाउने र उम्मेदवारको मनोनयन दाखिला गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया 4