+
+

ग्रीन टी : फाइदा पनि बेफाइदा पनि 

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १०:३५

बिहान उठ्नेे बित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरु प्रशस्त हुन्छन् । जाडोमा दिउँसो बिहान उठ्नेे बित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरु प्रशस्त छन् । जाडोमा दिउँसो समेत ग्रीन टी खानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । कतिपय व्यक्तिहरु त डाइटिङका लागि समेत ग्रीन टीको सेवन गर्ने बताउँछन् ।

ग्रीन टीका फाइदाहरु त धेरै छन् । यद्यपि यसका केही बेफाइदाहरु पनि छन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन । फाइदा र बेफाइदा बराबर भएपनि हामी ग्रीन टी का फाइदाको पछाडि मात्र लागिरहेका हुन्छौं । जबकि यसका वेफाइदाका बारेमा पनि जानकारी हाँसिल गर्नु अनिवार्य छ । त्यसैले ग्रीन टी पिउनुभन्दा अगाडि केही कुरा ध्यान समेत दिनुपर्छ ।

खाली पेटमा पिउनुहुन्न

यदि तपाईंलाई ग्रीन टी खाने बानी परेको छ भने एउटा कुरा ध्यान दिनैपर्छ । पेट खाली भएको बेलामा ग्रीन टी पिउनै हुँदैन । एक कप ग्रीन टी मा करिब २५ ग्राम क्याफिन हुन्छ । यदि तपाईंले दिनमा चार-पाँच कप ग्रीन टी पिउनुभयो भने तपाईंको शरीरमा क्याफिनको मात्रा बढ्छ ।

क्याफिनको मात्रा बढेपछि तपाईंलाई रिंगटा लाग्न थाल्छ । डर समेत लाग्न थाल्छ । यसबाहेक मधुमेह, कब्जियत, अनिन्द्रा जस्ता समस्या समेत देखिन्छ । यसका साथै खाली पेटमा ग्रीन टी सेवन गर्नाले एसिडिटीको समस्या समेत पैदा हुन्छ ।

खानासँग पनि ग्रीन टी पिउनुहुन्न

त्यसै पनि खानासँग चिया पिइँदैन । यद्यपि, कसै-कसैलाई खानासँगै ग्रीन टी सेवन गर्ने बानी हुन्छ । जुन राम्रो होइन । ग्रीन टीमा क्याटेडिन हुन्छ, जसले शरीरमा आइरनलाई अवशोषित गर्न पाउँदैन । जसबाट शरीरमा आइरनको कमी हुन्छ । त्यसैले खाना खाएको केही समयपछि मात्र ग्रीन टी पिउनुपर्छ ।

 


गर्भवतीलाई हुन्न ग्रीन टी

गर्भवती अथवा स्तनपान गराइरहेका महिलाले ग्रीन टी नपिउनु नै उचित हुनेछ । ग्रीन टी पिउनै परे बढीमा दुई कपभन्दा बढी पिउनु हुँदैन । दुई कपभन्दा बढी ग्रीन टी सेवन गर्दा गर्भमा हुर्किरहेको शिशुलाई नकारात्मक प्रभाव पर्नसक्छ । दुई कप ग्रीन टीमा २ सय एमजी क्याफिन हुन्छ । गर्भावस्थामा त्योभन्दा बढी मात्राको क्याफिन खतरनाक साबित हुन्छ । उक्त क्याफिन आमाको दुधमार्फत शिशुसम्म पुग्छ । क्याफिन मिसिएको दुध शिशुका लागि हानिकारक हुन्छ ।

औषधिसँग हुँदैन ग्रीन टी

यदि तपाईं कुनै औषधि सेवन गरिरहनुभएको छ भने ग्रीन टी सेवन नगर्नु नै उचित हुन्छ । नसाका रोगीहरुले त ग्रीन टी नपिउनु नै राम्रो हुन्छ । ग्रीन टीमा पाइने क्याफिनले नसाको प्रणालीलाई असर पुर्‍याउँछ । नसाको रोगका औषधि सेवन गर्ने व्यक्तिले ग्रीन टी सेवन गर्दा उच्च रक्तचापको समस्या हुनसक्छ ।

ग्रीन टीका फाइदा

ग्रीन टीले हाम्रो तौल कम गर्न सहयोग पुर्‍याउँछ । ग्रीन टी उमेर बढाउन तथा तनाव कम गर्न पनि उपयोगी मानिन्छ । त्यसो त छाला र केशका लागि पनि ग्रीन टीले सकारात्मक कार्य गर्दछ । ग्रीन टीमध्ये पनि एप्पल ग्रीन टी सबैभन्दा विशेष मानिन्छ ।

ग्रीन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा त्यसले छालालाई पुनर्जीवित गर्छ । ग्रीन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको चाउरीपनालाई समेत हटाउँछ ।

ग्रीन टीलाई पानीमा उमालेर चिसो बनाउने, स्याम्पु गरेपछि चिस्याइएको उक्त पानीले केश पखाल्दा तैलीय केशको समस्याबाट मुक्ति मिल्छ । यसले केशको चायाबाट समेत छुटकारा दिलाउँछ । ग्रीन टीको पानीले केश झर्ने समस्यालाई समेत रोक्नसक्छ । त्यसका लागि ग्रीन टीको पानीलाई टाउकोको छालामा दल्नुपर्छ । हप्तामा तीन पटक यसो गरेमा केश झर्ने समस्याबाट मुक्ति मिल्छ । मनतातो ग्रीन टीमा थोरै नरिवलको तेल हालेर १० मिनेटसम्म आफ्नो हात डुबाएर राखेपछि जैतुनको तेल प्रयोग गरी हातले मालिस गर्दा घामले कालो भएको छाला सफा हुन्छ ।

किन, कसरी, कति र कहिले पिउने ?

अहिले नेपाली समाजमा पनि ग्रीन टि पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टिमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टिमा रस भिज्न अलि समय लाग्छ ।

धेरैजसो बलिउड सेलिब्रेटी नियमित रुपमा ग्रीन टि पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि । कति नेपाली सेलिव्रेटीले पनि यसलाई आफ्नो नियमित खुराक बनाउने गरेका छन् ।

के पाइन्छ ग्रीन टिमा ?

एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टि । यो एन्टी अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ ।  स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ । ग्रीन टिमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

यसमा एपिगलोकेटेशिन-३ गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ ।

किन पिउने ?

दीर्घ रोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी हो ग्रीन टि । अध्ययनहरुमा के पनि पाइएको छ भने, ग्रीन टिले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ । शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टि लाभदायक हुन्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टि उपयोगी हुन्छ । तौल नियन्त्रणका लागि समेत ग्रीन टि पिउन सकिन्छ ।

कति पिउने ?

ग्रीन टिले स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जति पनि पिउनु ठीक होइन । एक दिनमा तीन वा चार कपसम्म ग्रीन टि पिउनु सहि हुन्छ । त्यो भन्दा बढी पिउनु कलेजोका लागि हानिकारक हुनसक्छ ।

कहिले पिउने ?

ग्रीन टि विहान, दिउसो वा साँझमा पिउन सकिन्छ । यद्यपी विहान मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टि पिउनुपर्छ । खाना खानुभन्दा  एक घण्टा अघि वा पछि पिउन सकिन्छ ।

कसरी पिउने ?

ग्रीन टि अन्य चिया जस्तो पकाएर पिउनु हुन्न । ग्रीन टि छुटै गिलासमा हाल्ने र त्यसमा उमालेको पानी हाल्नुपर्छ । यसमा चिनी मिसाउनु हुँदैन । बरु, मह मिसाएर सेवन गर्न सकिन्छ । ग्रीन टि गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?