Comments Add Comment

लिभरपुल एक वर्षसम्म अपराजित – कसरी भयो सम्भव ?

काठमाडौं । लिभरपुल प्रिमियर लिगमा एक वर्षभरी अपराजित रहन सफल भएको छ । प्रिमियर लिगमा बिहीबार राति शेफिल्ड युनाइटेडलाई २-० ले पराजित गरेपछि लिभरपुलले एक वर्षभर अपराजित रहने इतिहासमा नाम लेखाएको हो ।

लिभरपुले यो अवधिमा ३७ खेल खेल्दा कुनै खेल हारेन । सन् २०१९ जनवरी ३ मा म्यानचेष्टर सिटीसँग २-१ ले पराजित भएयता लिभरपुल अपराजित छ ।

योर्गेन क्लोपको टोली प्रिमियर लिगमा एक वर्षसम्म अपराजित रहने तेस्रो टोली समेत बनेको छ । आर्सनलले सन् २००३-०४ सिजनमा ४९ खेलसम्म अपराजित थियो भने चेल्सीले अक्टोबर २००४ देखि नोभेम्बर २००५ सम्म ।

यो एक वर्षको बीचमा लिभरपुल घरेलु फुटबलमा वल्भ्ससँग एफए कपमा पराजित भएको थियो भने यसै इएफएल कपमा लिभरपुलको युवा टोली एस्टन भिल्लासँग पराजित भएको थियो । यस्तै च्याम्पियन्स लिगमा समूह चरणमा नापोली र सेमिफाइनल पहिलो लिगमा बार्सिलोनासँग मात्र पराजित भएको थियो ।

एक वर्षसम्म अपराजित यात्रा कायम राखेपनि लिभरपुल २०१९ मा भने कुनै पनि घरेलु उपाधि जित्न सकेन । बरु अन्तरराष्ट्रिय स्तरमा भने तीन उपाधि जितेर कीर्तिमान बनायो । च्याम्पियन्स लिग, युईएफए सुपर कप र क्लब वर्ल्डकपको उपाधि जितेको लिभरपुल यस्तो उपलब्धी हासिल गर्ने पहिलो इंग्लिस क्लब समेत बन्यो ।

प्रिमियर लिगमा पछिल्लो हारपछि लिभरपुलले खेलेको ३७ मध्ये ३२ खेल जितेको छ भने ५ खेल बराबरी खेल्यो । लिभरपुलको जितको अनुपात गणना गर्दा २.७३ अंक पर गेम हुन्छ ।

म्यानचेष्टर सिटीले २०१७-१८ मा १०० अंक जोड्दा त्यसको अनुपात २.६३ पर गेम थियो ।

गत सिजनको अन्त्यमा लिभरपुलले लगातार ९ खेल जितेको थियो र कूल ९७ अंक जोडेपनि उपविजेतामै समिति भयो ।

लिभरपुलको त्यो अंक प्रिमियर लिगमै तेस्रो उच्च हो भने उपविजेताले ल्याएको धेरै अंक हो ।

लिभरपुलको जित यात्रा यस सिजन कायम छ । यस सिजन पनि शुरुवाती ८ खेल जित्दै लिभरपुलले लगातार १७ खेल जितेको थियो । तर अक्टोबरमा म्यानचेष्टर युनाइटेडसंग १-१ को बराबरी खेलेपछि लिभरपुलले लगातार १८ लिग खेल जित्ने म्यानचेष्टर सिटीको बराबरी गर्न चुक्यो ।

यस सिजन लिभरपुलले २० खेलमा अपराजित यात्र कायम राख्दा १९ खेल जितेको छ । एक खेल मात्र बराबरी भएको थियो । प्रिमियर लिग अंक तालिकामा लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीमाथि १३ अंकको स्पष्ट अग्रता बनाएको छ र एक खेल कम खेलेको छ । तैपनि  फ्यानहरु अझै विश्वस्त हुन सकेका छैनन् ।

गत सिजन लिभरपुल नयाँ वर्षमा ७ अंक अघि थियो । तर पनि उपाधि जितन सकेन ।

लिभरपुलले ३ खेलाडी रोवर्टो फिर्मिनो, साडियो माने र मोहम्मद सालाह सम्मिलित अग्रपंतीले यो एक वर्षमा उत्कृष्ट प्रदर्शन गरेको छ । अन्य खेलाडीले ६ भन्दा बढी गोल गरेका छैनन् ।

लिभरपुलले पछिल्लो २९ प्रिमियर लिग खेलमा गोल गरेको छ र कुल गोल ८९ पुगेको छ । यसबीचमा मानेले सर्वाधिक २५ गोल गर्दा सालाहले १९ र फिर्मिनोले १० गोल गरे । भर्जिल भान डाइकले ६, डिभोक ओरिगीले ५ गोल गरे । अन्य ११ खेलाडीले पनि गोल गरे । जसमा ३ आत्मघाती गोल पनि छ ।

र गोलका लागि धेरै सहयोग गर्नेमा ट्रेन्ट अलेजान्डर आर्नोल्ड छन् । उनले १७ सहयोग गर्दा एन्ड्रु रोवर्टसनले १३ सहयोग गरे ।

लिभरपुल अझै आर्सनलको ४९ खेलको अपराजित यात्रा भन्दा १२ खेलले पछि छ । २००३-०४ को सिजन गनर्सले लिग जित्दा इन्भिन्सिबल नाम पाएको थियो । आर्सनलले ५३९ दिनसम्म अपराजित थियो । यदि लिभरपुलले यस सिजन अपारजित रहे त्यो कीर्तिमान तोड्नेछ ।

लिभरपुल भन्दा बढी खेल अपराजित रहने तीन वटै क्लबको अपराजित यात्रा उनीहरुहरुको मुख्य प्रतिद्वन्द्वीले तोडेका थिए । म्यानचेष्टर युनाइटेडले आर्सनल र चेल्सीको अपराजित यात्रा तोडेको थियो । यस्तै लिभरपुलले नटिङहम फरेस्टको अपराजित यात्रा तोडेको थियो ।

तर योर्गेन क्लोपको क्लब अझै बि्रटिस कीर्तिमान तोड्नबाट धेरै टाढा छ । सन् १९१५ नोभेम्बर देखि १९१७ अपि्रलसम्म सेल्टिक ६४ लिग खेलमा अपराजित रहेको थियो । ग्लासगो क्लबले दुई वर्षअघि पनि त्यसको नजिकै पुगेको थियो । स्कटिस प्रिमियर पि्रमियिपमा सेल्टिक ५६ खेलसम्म अपराजित थियो । २०१६ मे देखि २०१७ डिसेम्बरसम्म सबै खाले खेलमा गरी सेल्टिक ६९ खेलसम्म अपराजित थियो ।

अझ युरोपियन क्लबको कीर्तिमान लिभरपुलको लागि धेरै टाढा छ । यदि त्यो तोड्ने हो भने अझै दुई वर्ष लिभरपुल हार्न हुँदैन । स्टेड बुचारेस्ट सन् १९८६ देखिल १९८९ सम्म १०४ लिग खेलमा अपराजित थियो । सबै खाले घरेलु खेलमा गरेर ११० खेलमा अपराजित थियो । लिगमा पूरा तीन सिजन नै अपराजित रहृयो ।

अपराजित रहेर पनि केही नजित्ने टिम

रियल सोसिडाड र पेरुजियाले लिभरपुल जस्तै अपराजित यात्रा तय गरेको थियो, तर त्यो समय उपाधि जित्न सकेन । पेरुजिया सन् १९७८-७९ को पूरा सिजन नै अपराजित थियो । ३० मध्ये ११ खेल जित्दा १९ खेल बराबरीमा सकियो तर तीन खेल हारेर पनि उपाधि जितेको एसी मिलान भन्दा पछि रहँदै दोस्रो भयो ।

रियल सोसिडाडले १९७९-८० को को सिजन अपराजित रहेर पनि उपधि जित्न सकेन र अपराजित यात्रा टुङ्गएिपछि लिग जितेको थियो ।

हडर्शफिल्डले सन् २०१० डिसेम्वर देखि २०११ नोभेम्मरसम्म ४३ खेलमा अपराजित यात्रा कायम राखेको थियो तर लिग वानमा उपाधि जित्न सकेन ।

लिभरपुलले अब के कीर्तिमान तोड्न सक्छ ?

लिभरपुलले युरोपियन लिगमा अंकको कीर्तिमान तोड्नेछ यदी यही लयमा बाँकी सिजन खेल्ने हो भने ।

पहिलो २० खेलको अंक अग्रतलाई कायम राखे लिभरपुलले अब बाँकी १८ खेलपछि ११० अंक जोड्नेछ । युरोपको लिगमा सबैभन्दा धेरै अंक जोड्ने क्लब सेल्टिक हो । उसले २०१६-१७ मा १०६ अंक जोडेको थियो । वेल्सको लिगमा बारीले १९९६-९७ को सिजनमा १०५ र त्यसको अर्को सिजन १०४ अंक जोडेको थियो ।

युइएफएका अनुसार लिगमा अन्य १०० अंक जोड्ने क्लबमा सेल्टिक युभेन्ट्स रियल मडि्रड र बार्सिलोना छन् ।

सन् २००१-०२ मा सेल्टिकले १०३, २०१३-०४ मा युभेन्ट्सले १०२ तथा २०११-१२ मा रियल मडि्रड र २०१२-१३ मा बार्सिलोनाले समान १०० अंक जोडेका थिए । यस्तै म्यानचेष्टर सिटीले पनि सन् २०१७-१८ मा १०० अंक जोडेको थियो ।

यसवर्ष लिभरपुलले ३७ खेलमा जोडेको १०१ अंक प्रिमियर लिगमा कीर्तिमान हो । सन् १९७८-७९ मा लिभरपुले जोडेको ९८ अंकको आˆनै कीर्तिमान बराबरी गर्न लिभरपुललाई ४० अंक आवश्यक छ । यद्यपि त्यस सिजन ४२ खेल खेलिन्थ्यो ।

लिभरपुलले पर गेम धेरै अंक जोडेको गत सिजन हो । जहाँ २.५५ खेल पर गेम अंङ्क थियो ।

एक वर्ष अपराजित रहेर नयाँ कोशेढुंगा कायम गरेको लिभरपुलले यो महिना अन्त्य गर्न दुई चुनौती पार गर्नुपर्नेछ ।

लिभरपुलको अबको दुई खेल टोटनहम र म्यानचेष्टर युनाइटेडसँग छ । जनवरी ११ मा लिभरपुलले जोसे माउरिन्होको टोटनहमसँग उसैको मैदानमा खेल्नेछ । र त्यसपछिको आइतबार म्यानचेष्टर युनाइटेडसँग घरेलु मैदानमा खेल्नेछ । युनाइटेड त्यही क्लबले हो, जसले यस वर्ष लिभरपुलबाट अंक खोसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment