+
+

अन्नपूर्ण सुगर मिलले पठायो किसानको खातामा पैसा

एक महिनाभित्र तिरिसक्ने लिखित प्रतिवद्धता

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ पुष १८ गते १६:२७
आन्दोलनरत उखु किसान माइतीघरमा धर्ना दिँदै ।

१८ पुस, काठमाडौं । उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण सुगर मिल राजी भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाएका हुन् ।

अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए । उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छ ।

यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिए ।

उनले उद्योगमा स्टक रहेको चिनी बिक्रीका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रहसमेत गरेका छन् ।

किसान प्रतिनिधिले अन्नपूर्ण सुगर मिलको वक्यौता ४० करोड रहेको दावी गरे पनि उद्योगीले भने २५/२६ करोड रुपैयाँ मात्रै रहेको बताएका थिए ।

उद्योग मन्त्रालयले पुस १३ गते गृह मन्त्रालयलाई उद्योगी सम्पर्कमा ल्याईदिन गरेको पत्राचारपछि शुक्रबार अग्रवाल मन्त्रालय आएर लिखित प्रतिबद्धता जनाएका हुन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?