+

एभरेष्ट प्रिमियर लिगमा हासिम अमला !

२०७६ पुष  १८ गते १७:३० २०७६ पुष १८ गते १७:३०
एभरेष्ट प्रिमियर लिगमा हासिम अमला !

१८ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग आयोजकले यो सिजन दक्षिण अफ्रिकाको पूर्व कप्तान हासिम अमलाले समेत खेल्ने बताएको छ । तर कुन फ्रेन्चाइज टिमले ल्याउन लागेको खुलाएको छैन ।

आयोजक ईपीएल प्रालिका प्रवन्ध निर्देशक अमिर अख्तरले अमलाले खेल्ने बताए । तर यसबारे थप जानकारी सम्बन्धित फ्रेन्चाईजले नै जानकारी गराउने उनले बताए ।

३६ वर्षीय ब्याट्सम्यान अमला अन्तर्राष्ट्रिय क्रिकेटबाट हालै मात्र सन्यास लिएका थिए । उनले दक्षिण अफ्रिकाको लागि १२४ टेस्ट, १८१ एकदिवसीय र ४४ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय