Comments Add Comment

सागका दोहोरो स्वर्ण विजेता सुवाससहित ३ खेलाडी फाल्डो सिरिजलाई छनोट

१८ पुस, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण जितेका युवा गल्फर सुवास तामाङले जुनियर फाल्डो सिरिज गल्फको उपाधि जितेका छन् ।

साविक विजेता समेत रहेका सुवाससहित तीन खेलाडी नेपालबाट सिरिजका लागि छनोट भएका छन् ।

गोकर्ण गल्फ क्लबमा शुक्रबार सुवासले २ अण्डर ७० स्कोर बनाएपछि कुल ११ अण्डर २०५ स्कोरसहित उपाधि जितेका हुन् । सुवासले १३ औं सागका व्यक्तिगत र टिम इभेन्टमा स्वर्ण जितेका थिए ।

गर्ल्सतर्फ कश्मिरा शाहले उपाधि जितिन् । यस्तै १२ देखि १६ वर्ष उमेर समूहको उपाधि सद्भाव आचार्यले जिते ।

उपाधि जितेका सुवास, सद्भाव र कश्मिरा भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०२० मा हुने फाल्डो सिरिजको फाइनल चरणका लागि छनोट भएका छन् ।

नेपाल गल्फ एसोसिएसनले आयोजना गरेको सिरिजमा १२ देखि २१ वर्ष सम्मका १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment