Comments Add Comment

टेष्ट क्रिकेटमा लाबुसचेनको दोहोरो शतक

१९ मंसिर, काठमाडौं । मार्नुस लाबुसचेनले टेष्ट क्रिकेट करियरमा पहिलो दोहोरो शतक बनाउँदा अष्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । सन् २०२० मा पहिलो दोहोरो शतक बनाउने खेलाडी बन्ने क्रममा लाबुसचेनले २१५ रन बनाए ।

सिड्नी क्रिकेट ग्राउण्डा भइरहेको तेस्रो टेष्टको दोस्रो दिन उनले ३६३ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे । उनलाई न्यूजिल्याण्डका टोड अस्टलले कट एण्ड बोल्ड गरे ।

२०१९ मा टेष्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका लाबुसचेनले २०२० मा पनि शानदार सुरुवात गरेका छन् । उनले गत वर्ष टेष्टमा ११०४ रन बनाएका थिए ।

गत अक्टोबरमा पाकिस्तानविरुद्ध टेष्टमा डेब्यु गरेका लाबुसचेनले अहिलेसम्म १४ टेष्ट खेलिरहँदा एक दोहोरो शतक तीन शतक र सात अर्धशतक प्रहार गरिसकेका छन् ।

लाबुसचेनकै दोहोरो शतक मद्दतमा अष्ट्रेलियाले पहिलो इनिङ्समा १५०.१ ओभर खेल्दै सबै विकेट गुमाएर ४ सय ५४ रन बनाएको छ । अष्ट्रेलियाले २८३÷३ बाट दोस्रो दिनको खेल सुरुवात गरेको थियो । लाबुसचेन १३० र म्याथ्यु वेड २२ ले खेल अगाडि बढाएका थिए ।

तर वेड २२ रनै आउट भए। त्यसपछि आएका ट्रेभिस हेड १० रन बनाएर आउट भए । त्यसपछि कप्तान टिम पेनसँग् लाबुसचेनले ७९ रनको साझेदारी गरे । पेनले ३५ रन बनाए। यस्तै मिचेल स्टार्कले २२ रन जोडे । जेम्स प्याटिन्सन २ र प्याट कमिङ्स ८ रन बनाएर आउट भए ।

न्यूजिल्याण्डका लागि कोलिन डे ग्रान्डहोम र निल वाग्नरले ३–३ विकेट लिए भने टोड एस्टलले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment