Comments Add Comment

मेलबर्न डर्बीमा स्टार्सको जित, सन्दीपको उत्कृष्ट बलिङ

१९ पुस, काठमाडौं । नेपाली स्पीनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग ब्यास लिगमा मेलबर्न स्टार्सले मेलबन डर्बीमा शानदार जित हात पारेको छ ।

उसले शनिबार भएको खेलमा मेलबर्न रेनगेड्सलाई ८ विकेटले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्न रेनगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनायो ।

उसलाई सस्तैमा समेट्ने क्रममा सन्दीपले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र २६ रन खर्चिएका थिए । डेल स्टेन र एडम जाम्पाको नाममा २-२ तथा नाथन कल्टर नाइलको नाममा उक विकेट रहृयो ।

जवाफमा मेलबर्नले १४३ रनको लक्ष्य मात्र २ विकेट गुमाएर ७ बल बाँकी छन्ँदा भेट्टायो । उसका लागि उसका ओपनर मार्कर स्टोइनिस ६८ रनमा अविजित रहे भने कप्तान ग्लेन म्याक्सबेलले पनि ४० रनको अविजित पारी खेले ।

जितसँगै ६ खेलबाट १० अंक जोडेको मेलबर्न स्टार्स शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment