Comments Add Comment

सवारी दुर्घटनामा चार जनाको मृत्यु, २३ घाइते

२० पुस, काठमाडौं । झापा, पश्चिम रुकुम म्याग्दीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गएराति भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा अटोरिक्सा चालकसहित दुई जनाको मृत्यु भएको छ । दमक-९ स्थित क्याम्पस मोडमा मे १ ह ४९१९ नम्बरको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा दमक नगरपालिका-९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का एक जनाको मृत्यु भएको हो । मृतक एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अटो रिक्सालाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी पश्चिम रुकुममा लु ३ त ९०९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् छन् ।

शनिबार राति करिब साढे नौ बजे त्रिवेणी गाउँपालिका-४ को दलुगैराखोलामा ट्याक्टर दुर्घटना हुँदा १७ वर्षीय दलबहादुर विकको मृत्यु भएको हो । उनी त्रिवेणी गाउँपालिका-५ मा अवस्थित विद्या विकास माविका विद्यार्थी हुन् ।

मावि मुरुडाँडाले आयोजना गरेको त्रिवेणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर फर्किरहेका विद्यार्थी र गाउँले सवार ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा विद्या विकास मावि र ४ नम्बर वडाको अन्धनाशक माविका १६ विद्यार्थी तथा चार जना गाउँले घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको छ । चालक गणेश परियार फरार रहेको र दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

यसैगरी म्यादीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमामा शनिबार बेलुकी ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । सोही ठाउँमा रहेको निलगिरी हाइड्रोपावरको ट्रक माटो फाल्ने क्रममा सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक २८ वर्षीय भगवान् कुमार चौधरीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment