Comments Add Comment

पर्यटन बोर्डको प्रमुखका लागि ९ जनाको दौड, कसले मार्ला बाजी ?

२० पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ९ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धामा निवर्तमान भइसकेका दीपकराज जोशीसमेत छन् ।

पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि पूर्तिका लागि नेपाल पर्यटन बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन आहृवान गरेको थियो । जसमा विभिन्न व्यक्तिहरूले इच्छा देखाउँदै आवेदन दिएका थिए । तीमध्ये ९ जनाको नाम सर्ट लिस्टिङमा परेको कार्यकारी प्रमुख छनौट उपसमितिको सचिवालयले जनाएको छ ।

सर्ट लिस्टिङमा समेटिनेमा काशीराज भण्डारी, दीपक बस्ताकोटी, बोर्डमा हाल कार्यकारी प्रमुखकै भूमिका निर्वाह गरिरहेका दीपकराज जोशी र धनञ्जय रेग्मी छन् । त्यस्तै, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐर पनि बोर्डको प्रमुखको दौडमा छन् ।

सचिवालयका अनुसार, सर्ट लिस्टिङमा परेका उम्मेदवारहहरूको आउँदो माघ २ र ३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता राखिएको छ । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्तापछि यिनै ९ मध्ये एकले बोर्डको कार्यकारी प्रमुखको बागडोर सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment